नेपाली चलचित्रकर्मीको दक्षता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले अभिनयसम्बन्धी पाँच दिने कार्यशाला सञ्चालन गर्ने भएको छ। बुधबार बोर्डको वेबसाइटमार्फत एक सूचना जारी गर्दै १५ दिनभित्र आवेदन माग गरिएको छ।
बोर्डको चालु आ.ब. २०८०/८१ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार माघ २९ गतेदेखि फागुन ४ गतेसम्म कार्यशाला सञ्चालन हुँदैछ। कार्यशालामा सहभागी हुन इच्छुकले बोर्डबाट उपलब्ध गराइएको फारम भरेर माघ २५ गतेसम्ममा बोर्डको कार्यालयमा इमेलमार्फत आवेदन दिनुपर्नेछ।
कार्यशालामा सहभागी हुन पहिले दर्ता हुन आएका निवेदनलाई पहिलो प्राथमिकता दिइने बोर्डले जनाएको छ। कार्यशालाबारे विस्तृत जानकारी केही दिनमा सार्वजनिक गरिने कार्यशाला संयोजक तथा बोर्ड सदस्य राजु केसीले जानकारी दिए।
9
Shares
प्रतिक्रिया