ad ad

कला


‘शैतान’को टिजर : माधवनको खतरनाक खेलमा फसे अजय र ज्योतिका (भिडिओ)

‘शैतान’को टिजर : माधवनको खतरनाक खेलमा फसे अजय र ज्योतिका (भिडिओ)

नेपालखबर
माघ ११, २०८० बिहिबार १८:१३, काठमाडौँ

अजय देवगन स्टारर बलिउड फिल्म ‘शैतान’ को टिजर सार्वजनिक भएको छ।

बिहीबार जियो स्टुडियोज युट्युब च्यानलमार्फत सार्वजनिक गरिएकोमा मुख्य कलाकार अजयसहित ज्योतिकाको झलक देख्न सकिन्छ। 

फिल्मको टिजर माधवनको भ्वाइस ओभरबाट सुरु हुन्छ। यो सारा दुनियाँ बहिरो छ। तर, सबै सुन्ने मेरै हुन्। म कालको पनि काल हुँ।' त्यसपछि माधवन तन्त्रमन्त्रका कुरा गर्छन्, बेस्सरी हास्छन्। लगत्तै अजय र ज्योतिकालाई डराएको देख्न सकिन्छ।

विकास बहल निर्देशित यो फिल्म अलौकिक हरर थ्रिलर जनरामा बनेको हो। अजयकै लगानीमा निर्माण भएको यो फिल्म मार्च ८ मा रिलिज हुँदैछ। 

यो फिल्म गत वर्ष फेब्रुअरीमा रिलिज भएको गुजराती फिल्म ‘वाश’ को रिमेक हो। यो फिल्मको कथा असल र खराबबीचको लडाइमा आधारित छ। 

अजय गत वर्ष जुनमा यो फिल्मसँग जोडिएका थिए। सुरुमा उनले यसलाई निर्माण गर्ने निर्णय गरेका थिए तर, पछि उनी पनि यसमा मुख्य कलाकारका रुपमा देखिएका छन्। 

यस फिल्मबाट साउथकी चर्चित अभिनेत्री ज्योतिका बलिउडमा २७ वर्षपछि कमब्याक गर्दैछिन्। ज्योतिकाले सन् १९९७ मा बलिउड फिल्म डोली सजा के रखना बाट आफ्नो करियर सुरु गरेकी थिइन्। यसपछि उनी साउथ फिल्मतर्फ लागिन्।

उनी नागार्जुन स्टारर 'मास: मेरी जंग वान म्यान आर्मी' र 'म्याडम गीता रानी' फिल्मबाट दर्शकमाझ चचित छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .