ad ad

कला


‘राम नाम सत्य’ बाट फिल्म निर्देशनमा डेब्यु गर्दै माइकल चन्द

‘राम नाम सत्य’ बाट फिल्म निर्देशनमा डेब्यु गर्दै माइकल चन्द

नेपालखबर
माघ १२, २०८० शुक्रबार ७:५८, काठमाडौँ

म्युजिक भिडियो निर्देशक माइल चन्दले फिल्म निर्देशनमा डेब्यू गर्ने भएका छन्। उनले फिल्म ‘राम नाम सत्य’ बाट फिल्म निर्देशनमा हात हालेका हुन्।

यो फिल्मको सार्वजनिक थिम पोष्टरमा एउटा ठूलो घन्टी र बञ्चरोलाई देखाइएको छ। साथै एक पुरुष दौडिरहेको देख्न सकिन्छ। डार्क शैलीमा तयार पारिएको पोष्टरले फिल्मको बारेमा धेरै कुरा बोल्न खोजेको छ। फिल्मको नाम अनुसार, यसले बदलाको कथा भन्न खोजेको देखिन्छ।

माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा फिल्मको कथा पनि स्वयंम चन्दले नै लेखेका हुन्। फिल्ममा प्रकाश शाह, उपेन्द्र शाही र राज कटुवालको लगानीमा बन्नेछ। 

अहिले फिल्मको कथा लेखन र संगीतको काम भइरहेको निर्देशक चन्दले बताए। उनले भने, ‘फिल्म निर्देशन गरेर यो क्षेत्रलाई केही योगदान गरौं भन्ने सोच मेरो पहिलेदेखि नै थियो । साथमा, अहिलेको समसामयिक बिषयवस्तुमा केही फरक कथा भन्नुपर्छ भन्ने पनि लागेको थियो । यसैले, फिल्म निर्देशन आरम्भ गर्न लागेको हुँ।’

दर्जनौ म्युजिक भिडियो बनाएका चन्दले यो फिल्मलाई आउँदो बर्षबाट छायांकनमा लैजाने बताएका छन्। फिल्मका लागि कलाकारको छनोट प्रक्रिया अगाडि बढिसकेको समेत उनको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .