ad ad

कला


किन परिवर्तन गरियो अनमोल स्टारर ‘फर्की फर्की’ को रिलिज मिति?

किन परिवर्तन गरियो अनमोल स्टारर ‘फर्की फर्की’ को रिलिज मिति?

नेपालखबर
माघ १८, २०८० बिहिबार ११:५९, काठमाडौँ

अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’ को रिलिज मिति परिवर्तन भएको छ। यसअघि जेठ ११ गते रिलिज डेट तोकिएको यो फिल्म अब जेठ १० गतेबाट प्रदर्शन हुनेछ। 

बुद्धजयन्तीको अवसर पारेर एकदिनअगावै फिल्म रिलिज गर्न लागेको निर्माता रोहित अधिकारीले जानकारी दिए।

‘जेठ १० गते बुद्धजयन्ती रहेछ। त्यसदिन बिदा हुने भएकाले एकदिनअगाडि रिलिज डेट सारेका हौँ,’ उनले भने।

सुयोग गुरुङको लेखन र निर्देशन रहेको यस फिल्ममा रोहितसहित ओम अग्रवालको लगानी छ। फिल्ममा अनमोलसहित जसिता गुरुङ र नवकलाकारद्वय रवी काफ्ले र समृद्धि अर्याल लगायतको अभिनय छ।

अनमोल र जसिताले पहिलोपटक एकसाथ काम गरेका हुन्। लभस्टोरी जनरामा निर्माण हुन लागेको फिल्मको गीतको सुटिङको बाँकी छ। छिट्टै गीतको सुटिङको लागि अन्नपुर्ण बेसक्याम्प र इण्डोनेसियाको बाली जाने निर्माण टिमको योजना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .