अहिलेका सर्वाधिक व्यस्त अभिनेता हुन् दयाहाङ राई। यसवर्ष मात्रै दयाहाङले झण्डै दर्जनौँ फिल्महरू साइन गरिसकेका छन्।
दयाहाङको मुख्य भूमिकामा बनेका फिल्महरु ‘हात्तीछाप’ र ‘दयारानी’ यसै माघ २६ गते रिलिज हुँदैछन्।
यसैबीच, कामको अत्याधिक चापले अभिनेता दयाहाङले एक वर्ष साइन नगर्ने बताएका छन्। बिहीबार एक पत्रकार सम्मेलनमा बोल्दै राईले अभिनय गर्नुपर्ने फिल्महरु थुप्रै भएकाले आफूले एकवर्ष अब साइन नगर्ने सुनाए।
‘अब एकवर्ष फिल्म साइन गर्दिन। मैले ५ वटा घोषणा हुन बाँकी फिल्ममा साइन गरिसकेको छु। ती फिल्ममा काम गरेपनि अन्य फिल्ममा भने साइन नगर्ने सोच बनाएको छु। साथीभाइ भन्दाभन्दै धेरै फिल्म थुप्रिएछ’ उनले भने।
यसअघि गत वैशाख १ गते दयाहाङकै दुई फिल्म ‘जारी’ र ‘बिहेपास’ पनि एकैदिन जुधेका थिए।
612
Shares
प्रतिक्रिया