ad ad

कला


‘अव्यवहारिक कर’ को विरोधमा सोमबार देशभरका फिल्म हल बन्द

‘अव्यवहारिक कर’ को विरोधमा सोमबार देशभरका फिल्म हल बन्द

नेपालखबर
माघ २१, २०८० आइतबार १७:२५, काठमाडौँ

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले माघ २२ गते आफ्ना सम्पूर्ण हल बन्द गर्ने भएको छ। नेपाल चलचित्र संघको निर्णयमा समर्थन जनाउँदै क्यूएफएक्सले सामाजिक सञ्जालमार्फत भोलि हल बन्द गर्ने घोषणा गरेको हो।

केही दिनअघि हल सञ्चालकहरूको छाता संगठन नेपाल चलचित्र संघले सरकारको अव्यवहारिक करको विरोधमा देशभरिका हल बन्द गर्ने निर्णय गरेको थियो। त्यसै निर्णयलाई कार्यान्यन गरिने क्यूएफएक्सले जनाएको छ।

‘सरकारको अव्यवहारिक कर (चलचित्र विकास शुल्क तथा स्थानीय शुल्क) को कारण चलचित्र व्यवसायी धरासायी हुने अवस्थामा पुगेको हुँदा अव्यवहारिक कर खारेजीको माग गर्दै साँकेतिकरुपमा विरोध स्वरुप २०८० माघ २२ गते एकदिन देशभरका सम्पूर्ण चलचित्र घरहरु बन्द गर्ने नेपाल चलचित्र संघको निर्णय भएको हुँदा उक्त दिन चलचित्र घर बन्द रहने सम्पूर्ण दर्शकमा‌ जानकारी गराउन चाहान्छौँ। साथै दर्शकवृन्दमा पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौँ’ क्यूएफएक्सको फेसबुक पेजमा लेखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .