भारतीय अभिनेत्री तापसी पन्नु बैवाहिक बन्धनमा बाँधिने भएकी छन्। उनले प्रेमी माथियास बोसँग चाँडै बिहे गर्दैछिन्।
मार्चको अन्तिमतिर विवाह हुन लागेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
तापसीले आफ्नो बिहेको लागि उदयपुर लोकेशन रोजेकी छन्। बैवाहिक समारोहमा तापसी र माथियासका परिवार मात्रै सहभागी हुनेछन्। उनीहरुले शिख र क्रिश्चियन परम्पराअनुसार बिहे गर्ने समेत बताइएको छ।
तापसी पन्नु र मथियास विगत १० वर्षदेखि एकअर्कालाई डेट गरिरहेका छन्। तर, यो जोडीले लाइमलाइटबाट टाढै रहेर आफ्नो सम्बन्धलाई सधैं गोप्य राखे।
तापसीले प्रायः सामाजिक सञ्जालमा माथियाससँग फोटो र भिडियो पोस्ट गर्छिन्। तर, दुवैले अहिलेसम्म कुनै आधिकारिक घोषणा भने गरेका छैनन्।
तापसीले हालै एक अन्तर्वार्तामा मथियासलाई आफ्नो पहिलो बलिउड फिल्म ‘चश्मे बद्दूर’ को सुटिङको क्रममा भेटेको खुलाएकी थिइन्। माथियास बो डेनमार्कका ब्याडमिन्टन खेलाडी हुन्।
Shares
प्रतिक्रिया