ad ad

कला


हिटलर भएर खेल्ने हरिवंशको चाहना

हिटलर भएर खेल्ने हरिवंशको चाहना

नेपालखबर
फागुन २१, २०८० सोमबार १३:२६, काठमाडौँ

प्रदीप भट्टराई निर्देशित फिल्म 'महाजात्रा' मा हरिवंश आचार्य भ्रष्ट नेताको रुपमा देखिएका छन्।

प्रदीपकै अघिल्लो फिल्म 'महापुरुष' मा आचार्य एक आदर्श पात्रको भूमिकामा देखिएका उनले उत्कृष्ट अभिनेतातर्फ राष्ट्रिय चलचित्र पुरस्कार हात पारेका थिए। 

जसकारण ट्रेलर रिलिज कार्यक्रममा पत्रकारले हरिवंशलाई किन नेगेटिभ रोल खेलेको भनि प्रश्न तेर्साए। तर, हरिवंशले एउटै भूमिकामा बाँधिएर काम गर्न नहुने तर्क राखे। साथै उनले जर्मनीका तानाशाह हिटलरको भूमिकामा देखिन खेल्न मन लागेको बताए। 

'म एउटै छापमा बस्नै चाहन्नँ। मैले हरिवहादुरजस्तो फटाहा रोल त गरे। लक्ष्मी सिरियलमा नेगेटिभ रोल खेल्दा मलाई एउटा दिदीले ढुङ्गाले हान्नु भएको थियो,' उनले भने, 'म योभन्दा पनि नेगेटिभ रोलमा खेल्न चाहन्छु। मलाई एकचोटी हिटलर भएर खेल्न मन छ।'

एउटै प्याटनमा हुँदा डाउनफल हुने समेत उनको भनाइ छ।  भन्छन्, 'हामीले एउटै भूमिकामा बाँधिएर काम गर्नुहुँदैन। महापुरुषमा आदर्शवादी रोल खेले भन्दैमा मैले सधैँभरि त्यही प्याटनमा हिड्दा डाउनफल हुन्छ।' 

यस फिल्ममा हरिवंशसहित विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बानियाँ, शिशिर बाङ्देल, रविन्द्र झा लगायतको अभिनय छ। प्रदीप भट्टराईकै लेखन रहेको यो फिल्म आगामी चैत ९ गतेबाट रिलिज हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .