फिल्म ‘केटी हराएको सूचना’मा नाजिर हुसेन र सृष्टि श्रेष्ठ अनुबन्धित भएका छन्।
सोमबार स्क्रिप्ट पूजा गर्दै ‘केटी हराएको सूचना’ घोषणा गरिएको हो।
यस फिल्ममा नाजिर र सृष्टिको जोडीको रुपमा देखिनेछन्। दुवैले पहिलो पटक सहकार्य गर्न लागेका हुन्। यस फिल्ममा नकिम उद्दिमको लगानी छ।
ट्राइसिटी पिक्चर्स प्रोडक्सन कम्पनीबाट निर्माण हुन लागेको यो फिल्ममा दिपेन्द्र गौचनको लेखन तथा निर्देशन छ। गौचनले यसअघि चर्चित टेलीसिरियल 'उजेली' निर्देशन गरेका थिए।
अम्बर महर्जनले खिँच्ने फिल्मको बिहीबारदेखि काठमाडौँ र जनकपुरमा सुटिङ गरिने निर्माण टिमले जनाएको छ।
804
Shares
प्रतिक्रिया