आइतबार साँझ गायिका एलिना चौहान पर्वतमा जारी तेस्रो ऐतिहासिका मगर महोत्सवमा प्रस्तुति दिन पुगेकी थिइन्।
तर, स्टेजमा गीत गाउँदा साउन्ड सिस्टममा समस्या देखियो। एकातिर साउन्ड सिस्टमा समस्या, अर्कातिर पानी परेर मौसम चिसिँदा एलिनालाई गीत गाउन सकस परिरहेको थियो।
गाह्रो भएपछि एलिनाले गाउन रोकेर भनिन्, 'साउन्ड सिस्टम मिलाउनुस्, म पनि गाइहाल्छु। पानी परेर पनि साउन्ड बिग्रिएको होला।'
तर, साउन्ड टेक्निसियनले एलिनालाई भने,'पहिले तपाईँ आफ्नो भोकललाई क्लियर गर्नू अनि हामीसँग लेबल माग्नू।'
टेक्निसियनको जवाफ सुनेपछि एलिना रिसाइन्। 'तपाईँको बोल्ने ढंग सुधार्नु बुझ्नु भयो? आफ्नो गल्ती देख्नुहुन्न? यहाँ उभिएर एकचोटी हेर्नु त', उनले झर्किएको मिजासमा भनिन्।
टेक्नसियनले भोकल क्लियर गर्नु भन्दै पुरानै कुरा दोर्याए। त्यसपछि एलिना झनै रिसाइन्। भनिन्, 'तपाईँले मलाई सिकाउनु पर्दैन बुझ्नुभयो? नाँच्न नजान्ने आँगन टेढो भनेको यही हो। साउन्ड मिलाउन आउँदैन?'
त्यसपछि एलिनाले अन्तिम प्रस्तुति दिन सकिनन्। दर्शकहरूबाट हल्ला हुन थालेपछि उद्घोषकले पनि एलिनालाई धन्यावाद दिए।
एलिनाले स्टेज छाडेर गइन्। त्यसपछि दर्शकहरु टेक्निसियनमाथि खनिए। जुन भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
भिडिओ
Shares
प्रतिक्रिया