ad ad

कला


‘काँडेतार’को प्रिमियरमा पुगेका नेता झलनाथ खनालले के भने?

‘काँडेतार’को प्रिमियरमा पुगेका नेता झलनाथ खनालले के भने?

नेपालखबर
फागुन २३, २०८० बुधबार १३:२५, काठमाडौँ

शुक्रबारदेखि प्रदर्शन हुने फिल्म ‘काँडेतार’ को प्रिमियर शो भएको छ। मंगलबार साँझ विश्वज्योती हलमा गरिएको प्रिमियरमा चलचित्रकर्मीदेखि नेताहरुको उपस्थिति थियो।

एकीकृत समाजवादीका नेता झलनाथ खनाल पुगेका थिए। नवल खड्काको निर्देशनमा बनेको फिल्मले नेपाल र भारतको सम्बन्धको कथा भन्छ। साथै, नेपालको सीमा स्तम्भमाथि भारतले बारम्बार गर्ने खेलबाडको कथालाई यो फिल्मले प्रस्तुत गरिएको छ।

नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मुख्य सन्देशमा रहेको फिल्म हेरेपछि अधिकांशले राष्ट्रियताको विषयलाई गम्भीर रुपमा उठान गरिएको भन्दै प्रशंसा गरेका थिए।

फिल्म हेरेपछि नेता खनालले भने,‘यस्तो फिल्म अहिले ३ करोड नेपाली जनतालाई चाहिएको छ। म नेपाली राजनीतिमा लागेदेखि नै नेपाल र भारतको सिमानामा काँडेतार लगाउनुपर्छ भन्ने मान्यता राख्छु। यसैले मलाई प्रधानमन्त्री पदमा बस्न दिएनन्। यो फिल्म ३ करोड नेपालीले हेर्नुपर्छ।’

फिल्मका निर्देशक तथा कलाकार नवल खड्काले पनि आम नेपालीहरूको भावनालाई समेटेर यो फिल्म तयार पारिएको बताए।

यस फिल्ममा नवलसहित गौरव पहारी, रेविका गुरुङ, सुरविना कार्की, मुरलीधर, प्रेम सुब्बा, परशुराम चौधरी, सञ्जय खतिवडा, राजेन्द्र भगत, पन्नालाल सिकदार, प्रकाश गिरीका साथै बाल कलाकार नादिया खड्का र सनया खड्काले अभिनय छ।

सामना फिल्म्स प्रालिको ब्यानरमा बनेको फिल्मको कथा नवलसहित शिवम् अधिकारीले लेखेका हुन्। मणि थापा र दीपक शर्माको संगीत रहेको ‘काँडेतार’को छायांकन सौरभ लामाले गरेका हुन्।

फिल्ममा श्री श्रेष्ठको द्वन्द्व र कविराज गहतराजको कोरियोग्राफी रहेको छ। फिल्मलाई बन्देप्रसाद र तारा थापा ’किम्भे’ ले सम्पादन गरेका छन्। नवल खड्का, माकिको राई र अञ्जु केसीको निर्माण रहेको फिल्मकी कार्यकारी निर्माता सत्यकला राई हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .