फिल्म ‘बेहुली फ्रम मेघौली’को छायाङ्कन सुरु भएको छ। बुधबार चितवनको एक मन्दिरमा फिल्मको शुभमुहूर्त गर्दै सुटिङ सुरु गरिएको हो।
अभिनेत्री स्वस्तिमा खड्काले यस फिल्ममार्फत निर्मात्रीमा डेब्यु गर्दैछिन्। चितवनको मेघौलीमा हुने छायाङ्कन एकमहिनासम्म चल्नेछ। स्वस्तिमा खड्कासहित फिल्ममा निर्देशक तथा कलाकार निश्चल बस्नेतको पनि लगानी हुनेछ।
सजन काफ्ले र आकाश बरालको निर्देशनमा बन्ने फिल्ममा स्वस्तिमा र निश्चलसहित विजय बराल, सिम्रन खड्का, आमिर गौतम लगायतका कलाकारको अभिनय रहनेछ।
कमेडी-सोसल जनरामा बन्ने यस फिल्मलाई आगामी वर्षको दसैंमा रिलिज गर्ने निर्माणटिमको योजना छ।
फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का रहेका छन्। आगामी वर्षको दशैंमा रिलिज गर्ने निर्माणटिमको लक्ष्य रहेको छ।
30
Shares
प्रतिक्रिया