शुक्रबारदेखि प्रदर्शनरत नेपाली चलचित्र ‘रङ्गेली’को दोस्रो भागमा अभिनेता आर्यन सिग्देलले दर्शकलाई ‘सरप्राइज’ दिएका छन्।
चलचित्रको क्लाइमेक्समा खलपात्र बनेका उनी भयंकर रूपमा देखिएका हुन्।
आर्यनको उक्त लुक्समा पोस्टर र केही तस्बिर सार्वजनिक गरिएका छन्। जहाँ उनी सन्की गुन्डाको भूमिकामा देखिएका छन्।
चलचित्रमा आर्यनको ‘इन्ट्री’पश्चात् रङ्गेलीको दोस्रो भागमा अभिनेता दयाहाङ राई र उनको ‘क्ल्यास’ हुने अवस्था छ। दोस्रो भागमा आर्यन र दयाहाङ प्रमुख भूमिकामा हुनेछन्।
लेखक तथा निर्देशक अर्जुन सुवेदीले दोस्रो भाग सकेसम्म छिटो बनाउने कोसिस गर्ने बताएका छन्।
रिलिजको दोस्रो दिन चलचित्र ‘रङ्गेली’ले राम्रो व्यापार गरेको थियो।
आइतबार बिहानैदेखि पनि चलचित्र हेर्ने दर्शक हलमा बाक्लो रूपमा देखिएका छन्। दर्शकको ‘वर्ड अफ माउथ’का कारण दर्शकको संख्या बढिरहेको देखिएको छ।
यस फिल्ममा दयाहाङ फरक भूमिकामा देखिएका छन्। ‘रङ्गेली’मा दयाहाङसहित मिरुना मगरको साथमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय छ।
Shares
प्रतिक्रिया