गायिका एलिना चौहानसँग साउन्ड टेक्निसियनले गरेको व्यवहारप्रति प्रस्तोता समाज नेपालले आपत्ति जनाएको छ।
प्रस्तोता समाजले विज्ञप्ति निकाल्दै एलिनालाई पर्वतको कुश्मामा प्रस्तुति राख्ने क्रममा साउन्ड टेक्निसियनबाट भएको व्यवहारप्रति खेद प्रकट गरेको हो।
'एलिना चौहानलाई गत फागुन २० गते पर्वतमा आयोजित मगर महोत्सव २०८० मा आफ्नो प्रस्तुति राख्ने क्रममा साउण्ड टेक्निसियनबाट भएको दुर्व्यवहारप्रति यस प्रस्तोता समाज नेपालको गम्भिर ध्यानाकर्षण भएको छ। गायिका चौहान र साउण्ड सिस्टममा कार्यरत व्यक्तिबीच भएको विवाद र अन्य घटनाप्रति यस समाज दुःख प्रकट गर्दछ,' अध्यक्ष शिव हमालले भनेका छन्।
गायिका चौहानले सामाजिक सञ्जालमार्फत माफी मागेर आत्मआलोचना गरे पनि साउन्ड प्राविधिकहरूले समन्वय गर्न नखोजेको पनि बताइएको छ।
'आत्मआलोचना गरिसके पनि साउण्ड व्यवसायीहरुको तर्फबाट भएका कमजोरीलाई मध्यनजर नगरि एकतर्फी रुपमा चौहान उपस्थित हुने कार्यक्रममा साउण्ड सिस्टम उपलब्ध नगराउने व्यहोराका असान्दर्भिक एवम् बहिस्कार जस्ता अमर्यादित क्रियाक्लाप भइरहेको र आगामी दिनमा यस्ता कृयाकलाप अझ मौलाउने अवस्था देखिएकोले साउण्ड सिस्टम व्यवसायीले उक्त निर्णय अविलम्ब फिर्ता गरि आगामी दिनमा समन्वय गरेर अघि बढ्न अनुरोध गरिन्छ।'
Shares
प्रतिक्रिया