सोसल मिडिया प्लेटफर्म एक्स (पहिलेको नाम ट्विटर) मा ‘सिद्धु मुसेवाला’ फेरि एकपटक ट्रेन्डिङमा नम्बर एकमा आएका छन्।
यसपटक ट्रेन्डिङ हुनुको कारण स्वर्गीय पन्जाबी गायक सिद्धु मुसेवालाको भाइको जन्म हो। उनका बुबा बलकौर सिंह र आमा चरण कौर दोस्रोपटक अभिभावक बनेका हुन्।
बुबा बलकौर सिंहले आफ्नो इन्स्टाग्राममार्फत सिद्धुको भाइको जन्म भएको जानकारी दिएका छन्।
गायक सिद्धु मुसेवालाको जन्मको नाम शुभदीप सिंह थियो।
मे २९, २०२२ मा पन्जाबको मानसामा सिद्धु मुसेवालालाई धेरैपटक गोली हानेर मारिएको थियो।
उनको मृत्युपछि आमा चरण कौरले आईभीएफ प्रविधिको सहायताबिनै बच्चालाई जन्म दिएकी हुन्। चरण कौरको उमेर ५८ वर्ष हो।
एक जनाले एक्समा लेखेका छन्, ‘लिजेन्ड्स नेभर डाइ।’
केही मानिसले सिद्धु मुसेवाला २.० ले पनि लेखिरहेका छन्।
183
Shares
प्रतिक्रिया