अभिनेत्री बेनिशा हमाल र अभिनेता प्रदीप खड्का पहिलोपटक एकसाथ देखिने भएका छन्।
उनी प्रदीप शाहीको निर्देशनमा बन्ने फिल्ममा प्रदीपको जोडीका रुपमा देखिन लागेकी हुन्। पछिल्लो समय व्यस्त बेनिशा प्रदीपसँग पहिलोपटक स्क्रिन सेयर गर्दै छिन्।
टाइटल सार्वजनिक गर्न बाँकी रहेको चलचित्र साई-फाई जोम्बी थ्रिलर जनरामा निर्माण हुनेछ।
यस फिल्मको कथा निर्देशक शाहीले नै लेखेका हुन्।
साई प्रोडक्सन नेपालको ब्यानरमा निर्माण हुने चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहनेछ।
फिल्मको अन्य कलाकार तथा प्राविधिक फाइनल हुन बाँकी रहेको कार्यकारी निर्माता विनोद सुवेदी खत्री ‘क्षितिज’ ले जानकारी दिए।
गत वर्ष प्रदर्शनमा आएको चलचित्र ‘अन्तीम संस्कार’ बाट तारिफ बटुल्न सफल निर्देशक शाहीले चलचित्रमा मिथिकल इलेमेन्टहरु पनि रहेको जानकारी दिए।
प्रदीप शाहीको निर्देशनमा बनेको पहिलो फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’ ले अमाजोन प्राइममा राम्रो दर्शक पाउन सफल बनेको थियो।
Shares
प्रतिक्रिया