रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइलाः एमए थर्ड क्लास’ को ट्रेलर सार्वजनिक भएको छ। ४ मिनेट लामो ट्रेलरले शैक्षिक बेरोजगारीको कथा समेटेको छ।
मुख्य कलाकार दयाहाङ राई अर्थात माइला पात्रलाई ट्रेलरले पछ्याउँछ। जो डिग्री पास भएपनि बेरोजगार छ र, अरुले भनेको पनि मान्दैन। हास्य रसमा पेस हुने यो फिल्मले ‘किन चाउरियो मरिच, आफ्नै रागले’ लाई आफ्नो कथाको थिम बनाएको छ।
साथै दयाहाङ र आँचल शर्माको अनस्क्रिन रोमान्स पनि ट्रेलरमा देख्न पाइन्छ। दुबै फिल्ममा प्रेमीप्रेमिकाको रुपमा देखिएका छन्।
यसै नाममा मण्डला थिएटरले वि।सं २०७१ सालमा दयाहाङकै निर्देशनमा नाटक मञ्चन गरेको थियो। फिल्मको कथा पनि यही नाटकको सेरोफेरोमा हुने बताइएको छ।
यस फिल्मम फिल्ममा दयाहाङ र आँचलका साथै माओत्से गुरुङ, पुष्कर गुरुङ, विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ र प्रकाश घिमिरेको लगायतको अभिनय छ। यो फिल्म नयाँ वर्षको छेकोमा चैत ३० गतेबाट रिलिज हुँदैछ।
Shares
प्रतिक्रिया