सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्म ‘रावायण’ को प्रदर्शन मिति तोकिएको छ।
यो फिल्म आगामी वर्ष भदौ २१ गते तीजका अवसरमा रिलिज हुनेछ।
निर्देशक थापाले फागु पूर्णिमाको अवसरमा फिल्मको प्रदर्शन मितिम घोषणा गरेका हुन्।
निर्देशक थापाका अनुसार यो फिल्म चैतका तेस्रो साताबाट छायांकनका लागि फ्लोरमा जानेछ।
फिल्ममा सुदर्शनसहित अभिनेत्री पूजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन्।
सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा बन्ने फिल्ममा शिवम् अधिकारीको कथा छ।
फिल्ममा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरि, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकालको अभिनय रहनेछ।
सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन हुनेछ।
फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको छ।
Shares
प्रतिक्रिया