बलिउड फिल्म ‘बडे मियाँ छोटे मियाँ’ को ट्रेलर सार्वजनिक भएको छ। ३ मिनेट ३१ सेकेन्ड लामो ट्रेलर एक्सनले भरिपूर्ण छ। ट्रेलरमा मुख्य अभिनेता अक्षयकुमार र टाइगर श्राफलाई एक्सन अवतारमा देख्न सकिन्छ।
दुवैले भारतलाई अर्थात हिन्दुस्थानलाई बचाउन गरेको संघर्ष र मिसनवरिपरि फिल्मको ट्रेलर घुमेको छ। तर, ट्रेलरमा खलपात्रको भ्वाइसओभर भएतापनि अनुहार भने रिभिल गरिएको छैन।
अली अब्बास कथा र निर्देशन रहेको यो फिल्म एक्सन र कमेडी जनरामा बनेको छ। पूजा इन्टरटेनमेन्टको ब्यानरमा निर्मित फिल्मका निर्माता वासु भगनानी र जैकी भगनानी हुन्।
फिल्ममा अक्षयकुमार र टाइगर पहिलोपटक एकसाथ देखिएका हुन्। यस फिल्ममा साउथ अभिनेता सुकुमारन खलनायक बनेका छन्। ‘बडे मियाँ छोटे मियाँ’का धेरै स्टन्ट दृश्य हलिउड एक्सपर्टको टोलीसँग खिचिएको बताइएको छ।
यस फिल्ममा अक्षय कुमार, टाइगर र सुकुमारनसहित सोनाक्षी सिन्हा, मानुषी छिल्लर र अलाया एफलगायतले अभिनय गरेका छन्। यो फिल्म आगामी चैत २८ अर्थात् अप्रिल १० मा रिलिज हुँदै छ।
सन् १९९५ मा यही नामको फिल्म बनेको थियो। जसमा अमिताभ बच्चन र गोविन्दाको मुख्य भूमिका थियो।
Shares
प्रतिक्रिया