ad ad

कला


नाटक ‘यौटा सपनाको अवसान’ अब ओटीटीमा आउने

नाटक ‘यौटा सपनाको अवसान’ अब ओटीटीमा आउने

नेपालखबर
चैत २६, २०८० सोमबार १०:४७, काठमाडौँ

गत वर्ष चैत्र १० देखि वैशाख १३ सम्म मण्डला नाटक घरमा मञ्चन भएको नाटक ‘यौटा सपनाको अवसान’ अब वेब सिरिजको रुपमा आउने भएको छ। महिना दिनसम्म हाउसफुल रहेको नाटक कान्तिपुर सिनेमाजमा नयाँ वर्षदेखि आउने भएको हो।

यसको निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले सिरिजको पोष्टर सार्वजनिक गर्दै नाटकलाई नयाँ दर्शकमाझ लैजाने प्रयास स्वरुप यसलाई ओटिटीमा रिलिज गर्न लागिएको जनाएको छ । सार्वजनिक पोस्टरमा नाटकका मुख्य कलाकारहरु दीया मास्के, मेनुका प्रधान, दिव्य देव, विकास जोशी, शेखर चापागाइँ अटाएका छन्।

नाटकका निर्माता गोविन्द पराजुलीले नयाँ दर्शकको खोजी गर्ने क्रममा नयाँ माध्यममा आउने निर्णय गरेको जनाए।  

‘नाटकलाई चलचित्र जस्तो धेरै समय हलमा चलाउन मिल्दैन किनकि नाटकमा कलाकारको प्रत्यक्ष उपस्थिति चाहिन्छ। यही कारण हामीले दर्शकको चाहाना हुँदा हुँदै पनि एक महिनाभन्दा बढी समय मञ्चन गर्न सकेका थिएनौँ। उसबेला हेर्न छुट्नु भएका नाट्यप्रेमीसँगै संसारभरका दर्शकका लागि सिरिजको माध्यम छानेका हौँ’, निर्माता गोविन्दले भने। 

वरिष्ठ नाटय निर्देशक अनुप बरालले निर्देशन गरेको यस नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ।

१ महिनासम्म चलेर ६ हजार दर्शकले प्रत्यक्ष हेरेको यस नाटकमा दिया मास्के, दिव्यदेव, मेनुका प्रधान, रोय, विकाश जोशी, शेखर चापागाईंको मुख्य अभिनय रहेको छ। नाटकमा न्हयु बर्जाचार्यको संगीत संयोजन, विप्लव प्रतिकको ट्रान्सक्रियसन र गीत रहेका छन् । सिरिज कान्तिपुर सिनेमाजमा ७ भागमा प्रसारण हुनेछ। 

नाटकलाई सिरिजको रुपमा प्रस्तुत गरेर एउटा प्रयोग गर्न लागेको र यसले राम्रो नाटकलाई डिजिटल्ली जोगाएर राख्ने प्रयासले पनि सार्थकता पाएको निर्माता पराजुली बताउँछन् । कालान्तरमा यसले नाटकको डिजिटल बजार  निर्माणमा पनि ठोस सुरुवात गर्ने उनको अपेक्षा छ। सिरिजको वैशाख १ गते प्रिमियर हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .