कमेडियन हिमेश पन्त फिल्म ‘ज्वाइँ साब’मा अनुबन्धित भएका छन्। निर्माणपक्ष र उनीबीच फिल्मका लागि कागजी सम्झौता भइसकेको छ।
राज कुमार पण्डितको निर्माणमा तयार हुने यो फिल्ममा हिमेको भूमिका के हुनेछ भन्ने खुलाइएको छैन। हिमेशले यसअघि ‘वर एण्ड बधु र शमशेर’ साइन गरिसकेका छन्।
रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको हो।
यस फिल्ममा जितु नेपाल र नीति शाह फाइनल भइसकेका छन्। बसन्त निरौलाले निर्देशन गर्ने फिल्मको छायाङ्कन वैशाख १५ गतेबाट हुनेछ।
सामाजिक कथावस्तुलाई कमेडी शैलीमा भन्ने यस फिल्ममा मीना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी छ। सविन अधिकारीको कथा रहेको फिल्मको पटकथा तथा संवाद शंकर धितालले लेखेका हुन्।
विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्मलाई आगामी वर्षको तिहारमा रिलिज गर्ने योजना छ।
Shares
प्रतिक्रिया