ad ad

कला


यस्तो छ ‘मिसिङ : केटी हराएको सूचना’ को पहिलो गीत

यस्तो छ ‘मिसिङ : केटी हराएको सूचना’ को पहिलो गीत

नेपालखबर
असोज ७, २०८१ सोमबार १४:७, काठमाडौँ

दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को पहिलो गीत सार्वजनिक भएको छ। ‘हेर्दै जाउँ!’ बोलको गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर सुन्न सकिन्छ।

गीतमा निर्देशक गौचनकै शब्द तथा संगीत रहेको छ। गीतको भिडिओमा मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेन फिचर्ड छन्। 

गीतमा संजोगले अचानक भएको भेट र बेहिसाब जिन्दगी कता जान्छ भन्ने निश्चित नरहेको एक युवक र युवतीको कथा भन्छ। जिन्दगीको यात्राका क्रममा भेटिएका युवा–युवतीलाई जिन्दगीको गन्तब्य नै निश्चित नरहेको भावमा गीत लेखिएको छ। दुई साथीबीचको लामो समयपछिको भेटमा हुने खुसी भिडियोमा देखिन्छ। 

यो आगामी कात्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ। यसअघि फिल्मको टिजर सार्वजनिक भएको थियो। 

यो चलचित्रको निर्देशन करिब ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनले गरेका हुन्। निर्देशक गौचन स्वयंको स्क्रिप्ट लेखन रहेको सिनेमालाई अमर महर्जनले खिचेका छन् ।

गौचननै निर्माता रहेको फिल्ममा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, राम नारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, ललिता देवी मिश्र लगायतको पनि अभिनय छ।

नेपालकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका सञ्चालक नकिम उद्दिन कार्यकारी निर्माताको रुपमा रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .