यस वर्षकै प्रतीक्षित फिल्म ‘डिग्री माइला’ को अग्रिम बुकिङ खुलेको छ। रामबाबु गुरुङ निर्देशित यस फिल्मले देशभरिका सिनेमा हलमा उच्च शो पाएको छ।
दयाहाङ राई तथा आँचल शर्मा स्टारर ‘डिग्री माइला’ले हालसम्म १६० सोहरू पाइसकेको छ। भोलिसम्म यो संख्या अझ बढ्ने देखिन्छ। ‘डिग्री माइला’ चैत ३० गतेबाट रिलिज हुँदै छ।
देशकै ठूलो चेन क्यूएफएक्सबाट ६१ सो उपलब्ध गराएको छ। वितरक गोविन्द शाहीले सिनेमाले शुक्रबार र शनिबार गरेर झण्डै ५ करोड व्यापार गर्ने अनुमान गरेको बताए।
उनका अनुसार शुक्रबार २ करोड ५० लाखमाथि र शनिबार ३ करोड बढीको व्यापार गर्ने अनुमान गरिएको छ।
ट्रेलर रिलिज भएयता दयाको डिग्री माइला चरित्रको स्वभावगत शैलीले दर्शकहरुलाई आफूतिर आकर्षित गरिरहेको छ। यही नाममाथि अभिनेता दयाहाङको निर्देशनमा केही वर्ष अगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ। सिनेमा सोही नाटकमा आधारित छ।
बाँसुरी फिल्मले कबड्डी फिल्मस् तथा सुष्मा फिल्मस्सँग मिलेर निर्माण गरेको सिनेमाका निर्माताहरू विशाल गुरुङ, मणिराम पोखरेल, मधु मिजार तथा सुष्मा गुरुङ रहेका छन्।
Shares
प्रतिक्रिया