बलिउड सुपरस्टार कमल हसन आफ्नो आगामी फिल्म ‘इन्डियन २’का कारण यतिबेला चर्चामा छन्। उनका फ्यानहरू लामो समयदेखि उनको फिल्मको प्रतीक्षामा थिए।
यसैबीच उक्त फिल्मसँग जोडिएको एउटा ठूलो खबर सार्वजनिक भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार यस फिल्ममा अभिनेत्री मनीषा कोइराला पनि देखिने सम्भावना छ। उनले उक्त फिल्मको पहिलो भागमा पनि काम गरेकी थिइन्।
अब उनी यस फिल्मको दोस्रो भागमा पनि अभिनय गर्ने सम्भावना देखिएको हो।
‘इन्डियन २’ मा मनीषा सानो भूमिकामा मात्रै रहने बताइएको छ। यो खबरपछि उनको भूमिकाका विषयमा दर्शकमा कौतुहल बढेको छ।
फ्यानहरू उनलाई कमल हासनसँग फेरि हेर्न आतुर छन्। मनीषाको क्यारेक्टरका विषयमा ‘इन्डियन २’ का निर्माताले भने कुनै आधिकारिक घोषणा गरेका छैनन्।
आधिकारिक घोषणापछि मात्र उनको भूमिकाका विषयमा स्पष्ट हुनेछ।
30
Shares
प्रतिक्रिया