बलिउड अभिनेता सलमान खानको मुम्बईस्थित घरबाहिर गोली चलाउने दुवै आरोपितलाई पक्रन प्रहरी सफल भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार उनीहरूलाई प्रहरीले गुजरातको भुजबाट पक्राउ गरेको हो।
घटनाको अनुसन्धान गरिरहेको मुम्बई क्राइम ब्रान्चको टोलीले राति अबेर उक्त सफलता प्राप्त गरेको हो।
गुजरात प्रहरीको टोलीले दुवैलाई पश्चिमी कच्छबाट पक्राउ गरेको पुष्टि गरेको छ।
पक्राउ परेकाहरू विक्की गुप्ता र सागर पाल छन्।
मुम्बई क्राइम ब्रान्चले उनीहरूलाई आज मुम्बई लानेछ। दुवैलाई मुम्बईमा सोधपुछ गरिने छ।
आइतबार अभिनेता सलमानको घरबाहिर मोटरसाइकलमा सवार दुई जनाले गोली चलाएको थिए।
यस मामिलामा ग्याङ्स्टर लरेन्स विश्नोईसँग सम्बन्धित व्यक्तिको नाम पनि सार्वजनिक भएको छ।
ग्याङ्स्टर लरेन्सका भाइ अनमोलले सलमानलाई पोर्चुगलबाट दिए धम्की
सलमान खानसँग सम्बन्धित अर्को महत्त्वपूर्ण घटनाक्रममा एक वरिष्ठ पुलिस अधिकारीले भने, ‘सुटरहरूले केही दिनअघि बान्द्रास्थित सलमानको निवास ग्यालेक्सी अपार्टमेन्टको रेकी गरेका थिए।’
अनमोलले भिपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गरेर फेसबुकमा पोस्ट गरेको प्रहरीको आशंका छ।
प्रहरीका अनुसार सलमानको घरमा गोलीकाण्डको जिम्मेवारी लिने धम्कीपूर्ण फेसबुक पोस्ट पोर्चुगलका ग्याङ्स्टर लरेन्सका भाइ अनमोलले गरेका हुन्।
Shares
प्रतिक्रिया