नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले फिल्म खेलेका छन्। उनले कलाकार रमित ढुंगानाको निर्देशनमा बनिरहेको फिल्म ‘नमेटिने घाउ’ मा अभिनय गरेका हुन्।
मंगलबार बिहान काठमाडौंको कोटेश्वर क्याम्पसमा भएको छायाङ्कनसेटमा नेपालको दृश्य खिचिएको थियो। एक घण्टा बढी सुटिङ गरेका नेपालले अभिनयसहित संवादसमेत बोलेका थिए।
उनीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीको पनि दृश्य खिचिएको थियो।
यस फिल्ममा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि अभिनय हुनेछ।
प्रधानमन्त्रीको भूमिकामा देखिन लागेका ओलीको सुटिङको सेड्युल बिहीबारका लागि तय भएको छ।
रमितकै लगानी रहेको यो फिल्म एसिडपीडितको कथामा आधारित छ।
यस फिल्ममा पर्साकी एसिडपीडित मुस्कान खातुनसहित सिम्रन खड्का सुरवीर पण्डित लगायतका कलाकारको मुख्य अभिनय छ। यस फिल्मको कथा भने शिवम् अधिकारीले लेखेका हुन्।
अभिनयका क्रममा माधव नेपालका केही तस्बिर-
Shares
प्रतिक्रिया