गायिका एलिना चौहानले आज (बुधबार) बिहे गर्ने भएकी छन्।
उनले प्रेमी विष्णु सापकोटासँग विवाह गर्न लागेकी हुन्।
विवाह समारोह झापाको बिर्तामोडस्थित बिर्ता पार्टी प्यालेसमा आयोजना गरिएको छ।
गायिका चौहान र प्रेमी सापकोटा केही वर्षदेखि प्रेम सम्बन्ध थिए।
पारिवारिक सल्लाहमा अहिले उनीहरू वैवाहिक बन्धनमा बाँधिन लागेका हुन्।
गीतकार समेत रहेका विष्णु अस्ट्रेलियामा व्यवसाय गर्छन्।
102
Shares
प्रतिक्रिया