दिनेश राउत निर्देशित फिल्म ‘पुजार सार्की’ को पहिलो गीत सार्वजनिक भएको छ। यस फिल्ममा समावेश ‘दर्शन गरे’ बोलको कौडा गीत सार्वजनिक गरिएको हो।
मगर समुदायको कौडा नृत्यमा आधारित गीत मौलिक लाग्छ। गीतको भिडिओमा मुख्य कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह,अन्जना बराइली र पतिक्षा लिम्बुको देख्न सकिन्छ। सबै कलाकार मगर भेषभुषामा देखिएका छन्।
हर्क साउँदको शब्द रहेको गीतमा सुभाष भुषालले संगीत दिएका छन्। प्रकाश सपुत र शान्तिश्री परिवारको स्वरमा गीत मिठो सुनिएको छ।
यस फिल्ममा जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा समेटिएको छ। विकास सुवेदीको लेखन रहेको फिल्मका निर्माता सुवास भुसाल हुन्।
फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली लगायतको पनि अभिनय छ। यो फिल्म आगामी जेठ १० गतेबाट रिलिज हुँदैछ।
Shares
प्रतिक्रिया