अनमोल केसी स्टारर फिल्म ‘फर्की फर्की’ यतिखेर चर्चामा छ।
ट्रेलर सार्वजनिक भएपछि फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ भने प्रदर्शन अधिकार धमाधम बिक्री भइरहेको छ।
ट्रेलर रिलिजपछि विदेशबाट फिल्मको उच्च माग आएको फिल्मका निर्माता रोहित अधिकारीले जानकारी दिए। यो फिल्मलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ।
यस्तै, दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा.लिले लिएको छ। नेपाली फिल्मका लागि धेरै राम्रो मानिएको अस्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियसनले फिल्म वितरणको जिम्मा लिएको छ।
हङकङमा भने फिल्मलाई ओपीजी फिल्मस्ले वितरण गर्नेछ। निर्माता अधिकारीका अनुसार यी बाहेक अन्य देशमा पनि फिल्मको अधिकार बिक्रीका लागि कुरा भइरहेको छ।
हालसम्म ५ दिनमा फिल्मको ट्रेलरले २३ लाख भ्युज पाइसकेको छ।
जेठ १० गते नेपालसँगै विदेशका अधिकांश ठाउँमा यो फिल्म रिलिज हुनेछ।
सुयोग गुरुङको लेखन तथा निर्देशनमा रहेको फिल्ममा अनमोलसहित जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याललगायत कलाकारको अभिनय छ।
Shares
प्रतिक्रिया