बलिउड अभिनेता साहिल खानलाई मुम्बई प्रहरीले पक्राउ गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार छत्तीसगढको चर्चित अनलाइन महादेव सट्टा एप प्रकरणमा उनलाई बस्तरबाट पक्राउ गरिएको हो।
साहिल खानविरुद्ध यो अनलाइन सट्टेबाजी एपको वेबसाइट चलाएको र प्रचार गरेको आरोप छ।
बस्तर प्रहरीले यसको पुष्टि गरेको छ।
पुलिसका अनुसार साहिल खानले यस मामिलामा मुम्बई हाई कोर्टमा अग्रिम जमानत याचिका दायर गरेका थिए तर अदालतले याचिका खारेज गरिदिएपछि उनी बस्तरको जिल्ला सदरमुकाम जगदलपुरमा लुकेर बसेका थिए।
पक्राउ परेपछि अभिनेता खानलाई छत्तीसगढबाट मुम्बई ल्याइएको छ।
समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै साहिलले भनेका छन्, ‘मलाई भारतीय न्याय प्रणालीमा पूर्ण विश्वास छ।’
भिडिओ-
#WATCH | Actor Sahil Khan brought to Mumbai from Chhattisgarh. He has been arrested by the Mumbai Crime Branch's SIT in connection with the Mahadev Betting App case.
— ANI (@ANI) April 28, 2024
“I believe in the judiciary of the country, " he says pic.twitter.com/HirOzizuXb
गत हप्ता मुम्बई पुलिसले यस मामिलामा अभिनेता सञ्जय दत्त र तमन्ना भाटियालाई पनि समन जारी गरेको थियो।
कैयौँ हजार करोड रुपैयाँ (भारतीय) महादेव सट्टा एपको मामिलामा भारत सरकारको प्रवर्तन निदेशालय अर्थात् ईडीले अनुसन्धान गरिरहेको छ।
गत वर्ष दुबईमा भएको विवाहमा यसका मालिक सौरभ चन्द्राकारले २ सय करोड रुपैयाँ खर्च गरेको खबर आएपछि महादेव एप पहिलो पटक चर्चामा आएको थियो।
गत वर्ष अगस्टमा ईडीले छत्तीसगढ पुलिस सहायक उपनिरीक्षक चन्द्रभूषण वर्मा, सतीश चन्द्राकार, हवाला अपरेटर अनिल दममानी र सुनील दममानीलाई मनी लान्ड्रिङसम्बन्धी कानुनअन्तर्गत पक्राउ गरेको थियो।
Shares
प्रतिक्रिया