मोडल हन्ट ‘फेस अफ नेपाल’ आयोजना हुने भएको छ। आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा ‘फेस अफ नेपाल २०२४’ को आवेदन खुल्ला गरिएको जानकारी दिएकाे हाे।
सन् २०१६ देखि नेपालमा आयोजना हुँदै आएको याे प्रतियोगीताको नेपालका लागि यस वर्ष आयोजक परिवर्तन भएको छ। अब एम.एस. प्रोडक्सन नेपालले यो प्रतियोगिता आयोजना गर्दैछ।
आयोजक संस्थाकी नेशनल डिरेक्टर मेनुका माझीले आफ्नो संस्थाले यसबर्षदेखी ‘फेस अफ नेपाल’को जिम्मा लिएको जानकारी दिइन् ।
माझीका अनुसार प्रतियोगितामा १८ देखि ३० वर्ष उमेरका पुरुष र महिला सहभागी हुन सक्नेछन्। पुरुषको हकमा ५ फिट ८ इन्च र महिलाको हकमा ५ फिट ५ इन्च उचाई हुनुपर्ने बताइएको छ।
यो दक्षिण कोरियामा हुँदै आएको मोडल हन्ट हो जुन नेपालले फ्रेन्चाइज लिएको हो। कोरियामा २७ भन्दा बढी देशले भाग लिने गरेको छ।
‘फेस अफ नेपाल २०२४’ का लागी बैशाख १७ गतेदेखि आवेदन दिन सक्नेछन्। यसका लागी सात वटै प्रदेशमा अडिसन गर्ने तयारी भइरहेको छ। छनौट प्रक्रिया अगाडी बढेपछि सहभागीका लागी १५ दिनको तालिम दिइनेछ।
सहभागीमध्ये आगामी जुलाईमा हुने फिनालेमा जजहरुको मूल्यांकन र भोटिङबाट तीनजना बिजेता घोषणा हुनेछन्। तीन विजेताहरु साउथ कोरियामा नोभेम्बरमा भाग लिन जानेछन्।
फेस अफ नेपाल २०२४ मा स्मिथ तामाङले कोरियाग्राफी गर्नेछन्।
Shares
प्रतिक्रिया