सञ्जय लीला भन्सालीद्वारा निर्देशित शृंखला ‘हीरामान्डी : द डायमन्ड बजार’मार्फत लामो समयपछि पर्दामा ‘कमब्याक’ गरेकी बलिउड अभिनेत्री मनीषा कोइरालाले जीवनसाथीको आवश्यकता महसुस गरेकी छन्।
बुधबार हीरामान्डी ओटीटी प्लेटफर्ममा रिलिज हुनुअघि भारतीय ‘जुम टीभी’सँगको अन्तर्वार्तामा उनले आफ्नो व्यक्तिगत जीवनबारे खुलेर कुरा गरेकी हुन्।
नेपाली व्यवसायी सम्राट दाहालसँग सम्बन्ध विच्छेद र आफूलाई लागेको क्यान्सर रोगलगायत जीवनमा आएका उतारचढावबारे खुलेकी मनीषाले एउटा मन मिल्ने जीवनसाथी भएको भए जिन्दगी निकै रमाइलो हुने अभिव्यक्ति दिएकी हुन्।
तपाईं फेरि प्रेम वा जीवनसाथी चाहनुहुन्छ भन्ने प्रश्नमा मनीषाले भनिन्, ‘म चाहन्छु। म झुट बोल्दिनँ। मलाई लाग्छ- मेरो जीवनमा एक पुरुष साथी भएको भए, मलाई सायद राम्रो महसुस हुने थियो।...मेरो भाग्यमा लेखेको भए पाउँछु, होइन भने त्यो पनि ठीक छ।’
विवाह गरेको दुई वर्षमै सम्राट दाहालसँग सम्बन्ध विच्छेद गरेकी कोइरालाले दोस्रो बिहे गरेकी छैनन्।
क्यान्सर सर्भाइभर उनी हाल अभिनयको अलावा महिला अधिकार, महिला हिंसाको रोकथाम र मानव बेचबिखनिवरुद्ध विभिन्न संघसंस्थारूसँग मिलेर काम गरिरहेकी छन्।
Shares
प्रतिक्रिया