ad ad

कला


‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’मा रोमान्टिक वर्षा र अमर

‘मोदीबेनी’ को पहिलो गीत ‘मन्जुरी’मा रोमान्टिक वर्षा र अमर

नेपालखबर
असार २४, २०८१ सोमबार १८:१०, काठमाडौँ

साउन १८ गते रिलिज हुने नेपाली चलचित्र ‘मोदीबेनी’को पहिलो गीत सार्वजनिक भएको छ।

काठमाडौंमा आयोजित कार्यक्रमबीच फिल्मको ‘मन्जुरी’ बोलको गीत सार्वजनिक गरिएको हो।

एक महत्त्वपूर्ण अंशको रूपमा रहेको गीतले वर्षा र अमरको प्रेम अङ्कुरण देखिको यात्रालाई देखाएको छ।

एसडी योगी र विज्ञान पराजुलीको आवाजमा रहेको यो गीतको सङ्गीत एसडीले नै गरेका छन् भने राम अविरल बिस्टले शब्द रचना गरेका छन्। सङ्गीत निर्माता रिकेश गुरुङ हुन्। यो गीत ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत हेर्न सकिन्छ।

अभिनेत्री वर्षा सिवाकोटी र नव अभिनेता अमर प्रताप श्रेष्ठ गीत सार्वजनिक कार्यक्रमको केन्द्र बने। सिवाकोटी र श्रेष्ठले किरण थापाले कोरियोग्राफी गरेको यस गीतमा दमदार अभिनय गरेका छन्। गीतमा उत्सव दाहालले छायाङ्कन र भरत रेग्मीले सम्पादन गरेका छन्।

नव अभिनेता श्रेष्ठले आफ्नो अभिनयको पहिलो पाइलामा नै सशक्त टिमसँग काम गर्न पाउँदा खुसी व्यक्त गरे।

कार्यक्रममा चलचित्रका निर्देशक शङ्कर कोइराला, निर्माताद्वय दिलीप केसी र हरि श्रेष्ठ, डिओपी उत्सव दाहाल, सम्पादक भरत रेग्मी, कोरियोग्राफर किरण थापा, यस चलचित्रका अन्य कलाकारहरू सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, सुब्रतराज आचार्य लगायत चलचित्र टिमका अन्य सदस्यको पनि उपस्थिति थियो।

‍फिल्ममा अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउवाला गौतम, स्नेहा भट्टराई लगायतको पनि अभिनय रहेको छ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्र पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको विश्वास गर्नै गाह्रो हुने तर यथार्थ घटनामा आधारित रहेर बनेको छ।

चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन्। यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .