फिल्म ‘खुस्मा’ को पहिलो गीत रिलिज भएको छ। मंगलबार केन्द्र मोसन पिक्चर्स युट्युव च्यानलमार्फत फिल्ममा समावेश ‘खुशीका पल बटुलेर’ बोलको गीत सार्वजनिक गरिएको हो।
एसडी योगीको संगीतमा तयार पारेको गीतमा संगीतकार योगी तथा विज्ञानी पराजुलीको स्वर रहेको छ। गीतको शब्द राम अविरल विष्टले लेखेका हुन्।
सार्वजनिक गीतमा मुख्य कलाकारहरु धिरज मगर र उपसना सिंह ठकुरी फिचर्ड छन्। मिठासपूर्ण प्रेमाभावको गीतमा दुवैको जोडी सुहाएको छ। गीतको भिडिओमा पूर्वी रुकुमका सुन्दर दृश्यहरु कैद गरिएको छ। गीतको कोरियोग्राफी सुरेन्द्र राईले गरेका हुन्।
अशोक थापामगरको फिल्ममा लेखक तथा निर्देशन रहेको छ। यसअघि केही डकुमेन्ट्री सिनेमा लेखन तथा निर्देशन गरेका थापाको ‘खुस्मा’ ठुलो पर्दाको डेब्यू सिनेमा हो।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाका निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन र बेतान मगर छन्। मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी सह निर्माता रहेको
फिल्मको मोहन राई कार्यकारी निर्माता हुन्। दिपक बज्राचार्यको फिल्ममा छायांकन रहेको छ।
यस फिल्ममा धिरज र उपासनाका अलावा सिनेमामा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय छ। यो फिल्म आगामी असोज ३ गते रिलिज हुनेछ।
Shares
प्रतिक्रिया