आख्यानकार रमेश विकलका कथा, उपन्यास र नाटकलाई समेटी तीन कृति प्रकाशन गरिएका छन्। आख्यानकार विकलका छरिएर रहेका कथा, नाटक र उपन्यासलाई जम्मा गरेर तीन ग्रन्थ प्रकाशन गरिएको रमेश विकल साहित्य प्रतिष्ठानले जनाएको छ।
विकलका कतिपय कृति नयाँ संस्करणमा प्रकाशन नगरिँदा शोधार्थी, विद्यार्थी र पाठकलाई कठिनाइ भइरहेको थियो। यस्तो अवस्थामा गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा प्रतिष्ठानले यी कृति प्रकाशन गरेको हो।
रमेश विकल समग्र कथा खण्डमा सङ्ग्रहमा नआएका फुटकर प्रकाशित ३३ वटासहित करिब एक सय ५० कथा एक हजार तीन सय ९२ पृष्ठमा विस्तारित रहेको महासचिव विजय चालिसेले जानकारी दिए।
नौ सय ४४ पृष्ठको उपन्यास खण्डमा विकलका तीनवटा चर्चित उपन्यास सुनौली, अविरल बग्दछ इन्द्रावती र सागर उर्लन्छ सगरमाथा छुन समावेश छन् । यसैगरी छ सय आठ पृष्ठको नाटक खण्डमा यसअघिप्रकाशित चार सङ्ग्रहका साथै फुटकर प्रकाशित नौ वटा नाटक समावेश गरिएका उनले बताए।
Shares
प्रतिक्रिया