कलाकार हरिवंश आचार्यको स्वास्थ्यमा सुधार आएको छ। हरिवंशले फेसबुकमा स्टाटस लेख्दै आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका हुन्।
शनिबार हरिवंशसहित मदनकृष्ण श्रेष्ठ कार्यक्रमका लागि विराटनगर पुगेका थिए।
सोहीबेला उनमा नाकबाट रगत बग्ने समस्या देखिएको थियो।
‘शनिबार हिमगिरी प्राली उद्योगको आतिथ्यमा मदनदाइ र म विराटनगर आएका थियौँ। अचानक नाकबाट रगत बगेर होटल नजिकै भएको सप्तकोसी अस्पताल पुगे। र, त्यहाबाट विराट नर्सिङ होममा उपचार हुँदैछ। म सामान्य अवस्थामा छु।’
साथै, उनले आफ्नो नाकभित्रको सानो नसा फुटेकाले यो समस्या देखिएको समेत उल्लेख गरेका छन्।
‘धेरैलाइ हाई ब्लड प्रेसरको कारण होकि भन्नेले चिन्तित तुल्याएछ। नाकभित्रको सानो नसा फुटेको रहेछ र त्यसलाइ टाल्ने काम भइसकेको छ। र, अहिले सामान्य अबस्थामा स्वास्थ लाभ गरिरहेको छु,’उनले लेखेका छन्।
हाल हरिवंशको विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ।
उनले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित उनले डाक्टर र शुभचिन्तकहरुलाई धन्यावाद दिएका छन्।
Shares
प्रतिक्रिया