विक्की कौशल, तृप्ति डिमरी र एमी विर्क स्टारर फिल्म ‘ब्याड न्युज’ले बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
एउटी महिलाको जुम्ल्याहा बच्चाको फरक-फरक बुबा भएको कथा दर्शकले मन पराइरहेका छन्।
करण जोहरको धर्मा प्रोडक्सनको पहिलो विकेन्डमा भारतभर ३०.६२ करोड भारतीय रुपैयाँ व्यापार गरेको फिल्मका लागि सोमबार र मंगलबार पनि बक्स अफिसका हिसाबले राम्रो रह्यो।
छैटौँ दिन बुधबार भने फिल्मले घरेलु बक्सअफिसमा ३.१५ करोड रुपैयाँ कमाएको छ। योसँगै भारतमा फिल्मको कूल कलेक्सन ४०.१ करोड भारु पुगेको छ।
आनन्द तिवारी निर्देशित फिल्मको बजेट ८० करोड भारु रहेको बताइएको छ।
रोमान्टिक कमेडी चलचित्र ब्याड न्युजले विश्वभर पनि तीव्र गतिमा व्यापार गरिरहेको छ।
एक साता नपुग्दै फिल्मले ६६.१५ करोड भारुको आँकडा पार गरेको छ।
1.8k
Shares
प्रतिक्रिया