प्रसिद्ध भरतनाट्यम नृत्यांगना तथा पद्मविभूषण पुरस्कार विजेता यामिनी कृष्णमूर्तिको ८४ वर्षको उमेरमा निधन भएको छ।
आन्ध्र प्रदेशका पूर्वमुख्यमन्त्री र वाईएसआर कांग्रेस पार्टी वाईएस जगनमोहन रेड्डीले शनिबार एक्समार्फत यामिनी कृष्णमूर्तिलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले लेखेका छन्- प्रसिद्ध कुचिपुडी र भरतनाट्यम कलाकार यामिनी कृष्णमूर्तिको निधनको खबर सुनेर म गहिरो दुःखी छु। यस कठिन समयमा पीडित परिवारमा मेरो समवेदना र प्रार्थना छ।
संगीत नाटक अकादमीले पनि यामिनी कृष्णमूर्तिलाई श्रद्धाञ्जली अर्पण गरेको छ।
72
Shares
प्रतिक्रिया