ad ad

कला


अरुणको मुख्य भूमिकामा ‘हन्टर’ बन्ने

अरुणको मुख्य भूमिकामा ‘हन्टर’ बन्ने

नेपालखबर
भदौ १०, २०८१ सोमबार ९:५६, काठमाडौँ

अरुण क्षेत्रीको मुख्य भूमिकामा फिल्म ‘हन्टर’ बन्ने भएको छ। श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर निर्माण पक्षले फिल्म घोषणा गरेको हो। 

अरुणले यसअघि ‘महापुरुष’, ‘प्रेमा’, ‘ज्याकी आईएम २१’लगायत चलचित्रमा काम गरिसकेका छन्। अन्य कलाकारबारे केही दिनपछि जानकारी गराइने बताइएको छ। 

फिल्मको निर्देशन जीवन सिंहले गर्नेछन्। उनको यो डेब्यु फिल्म हो। क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिमको कथा भन्ने निर्माणपक्षले जनाएको छ। 

यो फिल्म एक्सन इन्टरटेनर हुने निर्देशक सिंहले बताए।

 ‘फिल्म हन्टर रियल पात्रको कथाबाट इन्स्पायर हो। तर हामी सिनेम्याटिक लिवर्टी लिएर कथा भन्ने छौँ। रियल पात्रको कथामा फिक्सन मिसाइनेछ। जसले सिनेमालाई रोचक र रमाइलो बनाउनेछ’, उनले भने। 

पिक एजुकेसन नेटवर्क र ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहनेछ। यतिखेर फिल्मको  प्रिप्रोडक्सनको काम भइरहेको छ। फिल्मको छायांकन पश्चिम नेपालमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .