फिल्म ‘जेरी अन टप’ मा चर्चित कथा वाचक साइग्रेस पोखरेल जोडिएका छन्। अनमोल केसीको अभिनयमा बन्ने यस फिल्ममा उनी क्रिएटिभ भूमिकाका लागि अनुबन्धित भएका हुन्।
निर्माता सरोज न्यौपानेले साइग्रेस जोडिएको बारे फेसबुकमार्फत जानकारी दिएका हुन्। निर्माता न्यौपाने र पोखरेलबीच बिहिबार कागती सम्झौता भइसकेको छ।
फिल्मको पटकथा र संवादमा साइग्रेसले काम गर्नेछन्। फिल्म साइन गरेपछि पोखरेलले अभिनेता केसीलाई समेत फलो गरिरहेका छन्।
‘साइग्रेसजी आजे फिल्ममा अनुबन्धित हुनुभएको हो। उहाँले स्क्रिप्ट र संवादसहित फिल्मको क्रिएटिभ पार्टमा काम गर्नुभएको हो,’न्यौपानेले भने।
सुयोग गुरुङको निर्देशनमा बन्ने यस फिल्मको अर्को हप्तादेखि सुटिङ सुरु गर्ने तयारी छ। फिल्मको छायांकन काठमाडौं, लुक्ला र भारतको लद्दाखमा हुनेछ।
यस फिल्ममा अनमोलसहित जसिता गुरुङ र आँचल शर्मा मुख्य भूमिकामा छन्।
यो फिल्म फागुन २ गतेबाट रिलिज हुने पक्का भइसकेको छ।
Shares
प्रतिक्रिया