आज हरितालिका तीज। हिन्दु महिलाहरूले महादेवको पूजा गरेर व्रत बस्दै नाचगान गरेर तीजमा रमाइरहेका छन्।
नेपाली अभिनेत्री र गायिकाहरुले पनि महादेवको पूजा गरेर व्रत बस्दै तीज मनाएका छन्। तीजमा सारीमा सजिएर उनीहरुले सामाजिक सञ्जालमा तस्विर सेयर गरिरहेका छन्।
अभिनेत्री केकी अधिकारीले रातो सारी लगाएर तीजको तस्बिरहरू फेसबुकमा सेयर गरेकी छिन्। ‘तीजको रहर आयो बरी लै रहर हो कि लहररु ’ उनले लेखेकी छिन्।
रातो पहिरन, गरगहना र सिन्दुरमा केकी निकै सुन्दर देखिएकी छिन्।
तीजकै बेलामा माइत रमाइलो बोलको गीतमा रिल्स बनाएर फेसबुकमा हाल्दै शुभकामना दिएकी छिन्।
त्यसैगरी, गायिका इन्दिरा जोशीले पनि तीज मनाएकी छिन्। रातो सारीको फोटोहरू सामाजिक सञ्जालमा सेयर गरेर उनले शुभकामना दिएकी छिन्। अभिनेत्री स्वस्तिमा खड्काले पनि केही तस्विहरु सेयर गर्दै फेसबुकमार्फत तीजको शुभकामना दिएकी छिन्।
सार्वजनिक तस्विरमा रातो सारी र गहनामा स्वस्तिमा धपक्कै बलेकी छिन्। अभिनेत्री नीता ढुंगानाले पनि तीजको फोटो राख्दै शुभकामना दिएकी छिन्। कुर्तामा देखिएकी नीताको लुक आकर्षक छ।
‘नारीहरूको महान् धार्मिक पर्वका रूपमा लिइने हरितालिका तीजको पावन अवसरमा देश बिदेशमा रहनुहुने हजुरहरू सम्पुर्ण लाई हार्दिक मंगलमय शुभकामना,’उनले लेखेकी छिन्।
त्यसैगरी, ऋचा शर्मा, स्वेता खड्का, नम्रता सापकोटा, अनु शाह, प्रकृति श्रेष्ठ लगायतका कलाकारले पनि रातो पहिरन लगाउँदै तीज मनाएका छन्।
Shares
प्रतिक्रिया