नृत्य निर्देशक तथा मोडल वेदबहादुर बुढाथोकीले भारतमा इन्डो–नेपाल अन्तर्राष्ट्रिय अवार्ड पाएका छन्।
शिव कैलाश कला मन्दिर काठमाडौं र जानकी माता कोलकाताको संयुक्त आयोजनामा सम्पन्न तीज महोत्सव तथा इन्डो–नेपाल अन्तर्राष्ट्रिय अवार्ड समारोहमा बुढाथोकी सम्मानित भएका हुन्।
नेपाल, भारत र भारतकै सिक्किमबाट छनोट भएकाहरुलाई अवार्डबाट सम्मान गरिएको थियो। अवार्ड समारोहमा अभिनेत्री विपना थापासहित कोलकाताका विभिन्न नेपाली संघसंस्थाका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
उक्त अवार्ड कार्यक्रममा स्वास्थ्य, शिक्षा, साहित्य, चलचित्र, संगीत, नृत्यलगायतका विधाहरु समेटिएको थियो। नृत्य निर्देशक बुढाथोकी ओखलढुंगा खिजीदेम्बा २ का रहेका छन्। उनले नृत्य शिक्षाको रुपमा कल क्षेत्रमा काम गर्दै आएका छन्।
कार्यक्रममा रोशन बुढाथोकी ,रेनुका रिजाल, बिनी लिम्बु, प्रतीज्ञा भण्डारी, सारिका घिमिरे, सन्तोषी सिंह र सरिता थापा मगरले प्रस्तुति दिएका थिए।
प्रतिक्रिया