ad ad

कला


पौराणिक एक्सन थ्रिलर फिल्म ‘डीएनए’ बाट डेब्यु गर्दै सुधन

पौराणिक एक्सन थ्रिलर फिल्म ‘डीएनए’ बाट डेब्यु गर्दै सुधन

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १५:५४, काठमाडौँ

हालै घोषणा गरिएको नेपाली पौराणिक एक्सन थ्रिलर शैलीको चलचित्र ‘डीएनए’ फस्ट लुक पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा अभिनेता सुधन पोखरेललाई देख्न सकिन्छ। उनले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्दैछन्। 

पोस्टरमा उनी प्रकाश फ्याँकिरहेको बाकसमा केही हेरिरहेका छन्, जहाँ पौराणिक वस्तुलाई साङ्केतिक रूपमा प्रस्तुत गरिएको छ। पोस्टर डिजाइन रोयल भीमसेनले गरेका हुन्।

यस फिल्मको छायाङ्कन आउँदो फाल्गुनमा सुरु गर्ने योजना छ। 

छायांकनमा जानु अघि यस फिल्ममा मुख्य भूमिकामा देखिन लागेका अभिनेता पोखरेललाई सबै पक्षबाट तयार पारिने निर्देशक चानस पुन मगरले बताए। 

अन्य कलाकारहरूको जानकारी केही समयपछि दिइने चलचित्रका निर्माता कुमार भास्करले बताए। 

फोनिक फ्लिकको ब्यानरमा बन्ने यो चलचित्रको छिट्टै टिजर सार्वजनिकको पनि तयारी गरिएको छ। यो पौराणिक कथाको मोर्डन एडप्टेसनमा आधारित थ्रिलर हुनेछ, जसमा एक्सनका रोमाञ्चक दृश्यहरू प्रस्तुत गरिने निर्देशक चानस पुन मगरले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .