ad ad

कला


‘सानो संसार’ ट्रेलरमा मध्यमवर्गीय परिवारको कथा (भिडिओ)

‘सानो संसार’ ट्रेलरमा मध्यमवर्गीय परिवारको कथा (भिडिओ)

नेपालखबर
भदौ २६, २०८१ बुधबार १४:५, काठमाडौँ

अर्जुनकुमारको फिल्म ‘सानो संसार’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा मध्यमवर्गीय परिवारको सपना र संघर्षवरिपरि घुमेको छ। 

ट्रेलरमा सपना पूरा गर्न मध्यमवर्गीय परिवारले पाउनुपर्ने दुस्ख र ठक्करको मर्मस्पर्शी कथा समेटिएको छ। असोज ११ गतेबाट रिलिज हुने यस फिल्मले नेपालीहरुको कथालाई उठान गरेको छ। 

अर्जुनकुमार डंगोलको लगानी रहेको फिल्मलाई सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन्।  

माधव वाग्ले कार्यकारी निर्माता रहेको फिल्ममा सीतादेवी तिमिल्सेना, शिशिर शिवाकोटी, अञ्जसा रिजाल, अनु दाहाल, राज पँगेनी शर्मा,सरिता भण्डारी, जीवन गौतमको लगायतको अभिनय छ। 

राजधानी मिडिया र प्रिन्सेस मूभिजको ब्यानरमा बनेको यो फिल्म जम्मा ७० लाखमा बजेटमा बनेको हो। 

अर्जुनकुमारले यसअघि चपली हाइटजस्ता चर्चित सिरिजसहित फिटकिरी, फाटेको जुत्ता निर्माण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .