अमेरिकी रक ब्यान्ड फु फाइटरका गायक डेभ ग्रोलले वैवाहिक सम्बन्धबाहिर पनि आफ्नी एक छोरी जन्मिएको स्वीकार गरेका छन्।
५५ वर्षीय ग्रोलले इन्स्टाग्राममार्फत विवाहेतर सम्बन्धबाट पनि एक छोरी जन्माएको खुलासा गरेका हुन्।
विवाहित पत्नी जर्डेन ब्लुमबाट उनका ३ छोरी छन्। ग्रोल र ब्लुमले सन् २००३ मा विवाह गरेका थिए।
ब्लुम टीभी प्रोड्युर र मोडल हुन्।
विवाहबाहिर जन्मिएकी छोरीकी आमा को हुन् भन्ने विषयमा चाहिँ ग्रोलले केही बताएका छैनन्।
ब्लुमभन्दा अघि ग्रोलले फोटोग्राफर जेनिफर लेइ योङब्लडसँग बिहे गरेका थिए।
तर उक्त सम्बन्ध सन् १९९४ देखि सन् १९९७ सम्म मात्र टिक्यो। त्यसपछि सम्बन्ध विच्छेद भएको थियो।
189
Shares
प्रतिक्रिया