आगामी मंसिर ७ गतेबाट प्रदर्शन हुने फिल्म ‘तेल भिसा’को दोस्रो गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘तुकुनको मुकुन मन पर्या’ बोलको गीत शान्तिश्री परियार र साइराज खत्रीको स्वर सुन्न सकिन्छ।
गीतको भिडिओमा मुख्य अभिनेता विपिन कार्की, पूजा चन्द, बुद्धि तामाङ र जाहन्वी बस्नेत फिचर्ड छन्।
कृष्ण भारद्धाजको संगीत रहेको गीतको शब्द कृष्णसहित शंकर अधिकारी घायल, नवीन बिक र निर्विकल्पम लेखेका हुन। राजन इशानको एरेञ्ज गरेका छन्। गीतको अडिओ तथा भिडिओ उत्कृष्ट बनेको निर्माण पक्षको दाबी छ।
निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा अभिनेता विपिन कार्कीको बृद्ध र जवानगरी दोहोरो भूमिका हेर्न पाइनेछ। फिल्ममा विपिनसँगै वर्षा राउत, पूजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय छ।
वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको सिनेमामा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ प्रिन्स युवराज कार्की र श्रुती दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा सुशन प्रजापतिको छायांकन, रामजी लामिछाने र शिशिर खातीको कोरियोग्राफी, आशिष अविरल, कल्याण सिंह र कृष्ण भारद्धाजको संगीत र अजय खड्काको सम्पादन छ।
Shares
प्रतिक्रिया