नेपाली गीत ‘कश्मीरे पछ्यौरी’ युट्युबको ग्लोबल ट्रेन्डिङमा आएको छ।
आठ महिनाअघि सार्वजनिक यो गीत युट्युबको ग्लोबल ट्रेन्डिङको ९८औँ स्थानमा छ।
सम्भवतः विश्वव्यापी ट्रेन्डिङमा पर्ने यो पहिलो नेपाली गीत हो।
उक्त गीत यो खबर लेख्दासम्म युट्युबमा १ करोड ९४ लाखभन्दा बढी पटक हेरिसकिएको छ।
यो गीत ‘बाबुकृष्ण परियार’ युट्युब च्यानलमा गत १८ जनवरीमा सार्वजनिक गरिएको थियो।
निश्चल दवाडीको शब्द तथा संगीत रहेको गीतमा बाबुकृष्ण परियार र दीपिका बयम्बुको स्वर छ।
युट्युबले ट्रेन्डिङमा परेका यी १०० गीतलाई पछिल्लो साता प्लाटफर्ममा सबैभन्दा लोकप्रिय गीतको क्रमबद्ध सुचीमा रहेको जनाएको छ।
विशेषगरी यस गीतको शब्दले ध्यान खिचिरहेको छ। लोकलयमा तयार पारिएको गीतले रमाइलो र मन छुने छ।
गत साता टिकटक खुलाएसँगै यो गीत भाइरल बनिरहेको छ। यस गीतमा टिकटकसहित रिल्स बनिरहेका छन्।
489
Shares
प्रतिक्रिया