हरर जनराको फिल्म ‘ममी’ को ललितपुरस्थित लुबु महालक्ष्मी मन्दिरमा शुभमुहूर्त गरिएको छ। फिल्मको राष्ट्रिय चलचित्र दिवस र विश्वकर्मा पूजाको अवसर पारेर फिल्मको सुटिङ सुरु गरिएको हो।
सो ट्वान्टीफाईभ ब्यानरमा निर्माणधीन रहेको फिल्ममा प्रियंका कार्की, सुलक्षण भारती र दिया मास्के मुख्य भूमिकामा छन्। पूर्णिमा जोशी र समर निरौलाको संयुक्त लेखन रहेको चलचित्रलाई लोकराज जोशी र पूर्णिमा जोशीले निर्माण गर्ने छन्।
समर निरौलाले निर्देशन रहेको फिल्ममा समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, रिना ढकाल लगायत कलाकारहरूको अभिनय छ। यस फिल्ममा शरद महतोको छायांकन रहेको छ।
३० दिनमा चलचित्रको पहिलो चरणको छायाङ्कन सकिने बताइएको छ। र, दोस्रो चरण तिहारपछि गर्ने तयारी रहेको निर्मात्री पूर्णिमा जोशीले जानकारी दिइन्।
150
Shares
प्रतिक्रिया