असोज २४ गतेबाट रिलिज हुने फिल्म ‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ’ सार्वजनिक भएको छ।
छायांकनपछि पहिलोपटक फिल्मले क्यारेक्टर लुक्ससहितको गीत सार्वजनिक गरेको हो।
बाबुल गिरीको शब्द, संगीत, एरेन्ज र स्वर रहेको छ। गीतको भिडिओमा मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटी फिचर्ड छन्।
त्यसैगरि, मेक्सन गौडेल र सुरवीर पण्डित लगायतलाई पनि भिडिओमा देख्न सकिन्छ।
ब्रेकअप मुड दर्शाउने गीतले प्रेमीले प्रेमिकाप्रति पोखेको रिष र आक्रोशलाई चित्रण गरेको छ। गीतको शब्ददेखि कलाकारको प्रस्तुति कमेडीखाले छ।
दीपाश्री निरौला निर्देशित यस फिल्ममा दीपककै कथा, पटकथा र संवाद रहेको छ। फिल्ममा दीपकसहित केदार र निर्मल शर्माको लगानी छ।
576
Shares
प्रतिक्रिया