ad ad

कला


काममा फर्किए विपिन कार्की

काममा फर्किए विपिन कार्की

नेपालखबर
असोज ७, २०८१ सोमबार १३:४४, काठमाडौँ

अभिनेता विपिन कार्की काममा फर्किएका छन्। आमाको निधनपछि शोकमा रहेका उनी ‘तेल भिसा’ को डविङमा लागेका हुन्। 

आइतबारदेखि सुरु भएको डबिङ अबको केही दिनमा सकिनेछ। 

अमेरिका छायांकन सिंक साउण्ड गरिएकाले नेपाल भागको मात्र डविङ गरिएको निर्देशक शंकर घिमिरेले जानकारी दिए। फिल्ममा नेपालीको भावना जोडिएकाले त्यो कुरालाई सुक्ष्म रुपमा अध्यन गरेर प्रस्तुत गरिएको बताए।

अभिनेता कार्कीले पनि फिल्म डविङ गरिरहँदा निकै मज्जा आइरहेको बताए। फिल्मको कथा नै उत्कृष्ट रहेकाले पनि दर्शकल एउटा राम्रो फिल्म हेर्न पाउने दाबी गरेका छन्। 

यसअघि आफुले विदेशमा छायांकन गरिने सिनेमा लुकेर खिचिने सुनेको भएपनि ‘तेल भिसा’ पूर्ण रुपमा अमेरिकन सरकारसंग अनुमति लिएर सुटिङ गरिएकाले नेपालमा छायांकन गर्दाको भन्दा फरक अनुभव गर्नु नपरेको विपिनले बताए। यसका साथै करिब २० वर्षपछि नेपाली फिल्ममा कमब्याक गर्न लागेकी अभिनेत्री पुजा चन्दसँग काम गर्न पाएकोमा खुशी देखिए।

निर्देशक शंकर घिमिरेको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्ममा विपिन बृद्ध र जवानगरी दोहोरो भुमिका हेर्न पाइनेछ। फिल्ममा विपिनसँगै वर्षा राउत, पुजा चन्द, ऋचा घिमिरे, बुद्धि तामाङ, सुचित्रा उप्रेती र विदेशी कलाकारहरुको अभिनय रहेको छ।

वेलडन क्रियसनको व्यानरमा ऋचा घिमिरेको प्रस्तुती रहेको फिल्ममा अनिल पाण्डे र शिवराज कार्कीको लगानी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .